arrow

पोखरा स्पोर्टस् अवार्डमा सुस्मिता र अर्जुनलाई स्कुटर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
susmita-arjun.jpg

पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ ।

अवार्डमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका आईटिएफ टेक्वान्दोकी सुस्मिता थापा मगर र क्रिकेटका अर्जुन कुमाललाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो ।

क्रिकेटका अर्जुन हाल अभ्यास खेलका लागि भारतमा रहेको हुँदा उनको पुरस्कार गण्डकी प्रादेशिक क्रिकेट संघका सेलेक्टर चन्द्रबहादुर गुरुङ ‘जिम्मी’ले ग्रहण गरे ।

उनीहरुलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल र टेल्जी नेपालका पोखरा शाखा प्रमुख हीरा कोइरालाले संयुक्तरुपमा स्कुटर हस्तान्तरण गरे ।

गत वैशाख २८ गते भएको स्पोर्टस अवार्डअन्तगतको वर्ष उत्कृष्ट पुरुष तथा महिला विधाको पुरस्कार प्रक्रियाका कारण केही समयपछि मंगलबार वितरण गरिएको मञ्च अध्यक्ष बरालले जानकारी दिए ।

वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो ।

जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो ।

मञ्च अध्यक्ष बरालले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ