- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गरेका थिए । सो छलफलबारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गरेका थिए ।
कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गरेका थिए ।