arrow

प्रचण्ड एक्लिए, छाड्यो एमालेले साथ, बुझाए मन्त्रीहरुले राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
prachanda-uml-ministers-81-.jpg

काठमाडौँ । नेपाली कांग्रेस  र नेकपा एमालेको गठबन्धनको सरकार बन्ने भएपछि नेकपा एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । 

बुधबार राति राजीनामा बुझाउँदै एमालेका मन्त्रीहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन् । प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर उनीहरुले राजीनामा बुझाएका हुन् । 

राजीनामापछि उनीहरुले प्रधानमन्त्रीसँग सामूहिक तस्वीर पनि खिचाएका छन् । प्रचण्ड सरकारमा उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठको नेतृत्वमा एमालेका ८ जना मन्त्री थिए । 

उनीहरुले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले बुधबारै सरकारलाई दिएको समर्थन फिर्ता गरेको भन्दै राजीनामा दिएको बेहोरा राराजीनामा पत्रमा उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीले राजीनामा बुझ्ने क्रममा कुनै पनि टिप्पणी गरेका थिएनन् । 

राजीनामा बुझाएपछि एमालेका नेताहरु बालुवाटारबाट निवास फर्किसकेका छन् । 

योसँगै प्रचण्ड सरकार अल्पमतमा परेको छ । एमाले र कांग्रेसले मार्गप्रशस्त गर्न आग्रह गरेका भए पनि प्रचण्डले भने बुधबारदेखि एक महिना अझै कानूनले दिएको सुविधा प्रयोग गर्दै संसदबाट विश्वासको मत लिने नाममा बालुवाटारमा रहिरहने योजना बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ