arrow

डेङ्गी फैलिन नदिन ‘खोज र नष्ट गर’ अभियान सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
dengue--ji-ha.jpeg
फाइल तस्बिर

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गी रोग नियन्त्रण तथा रोकथामका लागि १९ वटै वडामा लार्भा नष्ट गर्ने अभियानलाई तीव्र बनाएको छ ।

डेङ्गी सार्ने लार्भा नियन्त्रणका लागि महानगरले हरेक वडामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुका साथै खोज र नष्ट गर अभियान सञ्चालन गरेको हो । 

अभियानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविकासहित सरोकार भएकाहरुको सहभागितामा खोज र नष्ट गर अभियान सञ्चालन गरिएको स्वास्थ्य महाशाखाका संयोजक डा दिलीपकुमार यादवले जानकारी दिए । 

उनका अनुसार टायरमा जमेको पानी, स्थिर रूपमा भाँडा, बोटल, प्लाष्टिकलगायतमा जमेको पानी, कुलर र एसी पछाडिको पानीलगायतमा डेङ्गुको सङ्क्रमण सार्ने लामखुट्टेले फूल पार्छ । 

जसको टोकाइबाट डेङ्गीको सङ्क्रमण हुने गर्छ । डा यादवले डेङ्गी नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको बताए । 

महानगर प्रमुख नागेश कोइरालाले विराटनगर महानगरपालिकामा डेङ्गीको सङ्क्रमण फैलिन नदिन ‘खोज र नष्ट अभियान’ लाई तीव्रता दिएको बताए ।

१९ वटै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर डेङ्गी नियन्त्रणको अभियान शुरु गरिएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ