arrow

अल्पमतमा प्रचण्ड सरकार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको प्रमुख घटक नेकपा एमालेले बुधबार राति सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सामेल आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो । 

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमति भएपछि एमाले सरकारबाट बाहिरिएको हो । प्रधानमन्त्री प्रचण्डले गत जेठ ७ गते विश्वासको मत लिँदा संसदका १५७ सांसदले विश्वासको मत दिएका थिए । 

तीमध्ये एमालेका ७९ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । संविधानअनुसार सरकारमा सहभागी दलमध्ये कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिन भित्र विश्वासको मत लिनु पर्ने प्रावधान रहेको छ । 

तर संसदमा रहेका प्रमुख ठूला दुई दल नै नयाँ सरकार बनाउने सहमति बनाएको अवस्थामा विश्वासको मत पाउने सम्भावना नभएपछि अब प्रधानमन्त्री प्रचण्डलाई राजीनामा गरेर सरकारबाट बाहिरिने दबाब बढेको छ ।

माओवादी केन्द्रले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरे पनि प्रधानमन्त्री राजीनामाको मनस्थितिमा पुगेको र संसदमा सम्बोधन गरेर राजीनामा गर्न सक्ने चर्चा पनि चलेको छ ।

पहिले आफूसँग यथेष्ट बहुमत हुँदा समय भन्दा अगाडि नै विश्वासको मत लिन रहर गर्ने प्रचण्डले यसपालि बाध्यात्मक अवस्थामा भने समय लम्बाएर एक महिना नै पुर्याउने खोजेको आरोप पनि लाग्न थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ