arrow

मेस्सी र सुवारेज बिना नै जित्यो इन्टर मियामीले

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २० बिहिबार
inter-miami-24-7-4.jpg

काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गत चार्लोटविरुद्ध जित हासिल गरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले चार्लोटलाई २–१ गोल अन्तरले पराजित गरेको हो । इन्टर मियामीको जितमा रोबेर्ट टेलर र बेन्जामिन क्रेमासचीले एक एक गोल गरेका थिए । त्यस्तै चार्लोटका लागि पाट्रीक आग्येमांगले एक गोल गरेका थिए । 

यस खेलमा चार्लोटका लागो गोल गरेका पाट्रीकले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा रातो कार्ड पाएका थिए ।

आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी र लुइस सुवारेज कोपा अमेरिका खेल्न टिम बाहिर रहेका बेला इन्टर मियामीले लगातार जित हासिल गरिरहेको छ ।

यो जित पछि इन्टर मियामीले मेजर लिग सकरको इस्टर्न कन्फेरेन्समा २२ खेलमा ४७ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । त्यस्तै चार्लेटको भने २२ खेलमा ३२ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ ।
          



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ