arrow

इजरेलले गाजा युद्धविराम वार्ताका लागि प्रतिनिधिमण्डल पठाउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ ।  इजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमाससँगको युद्धविराम सम्झौता र बन्धकहरूलाई रिहा गर्न वार्ताका लागि प्रतिनिधिमण्डल पठाउन अनुमोदन गरेका छन् ।  

इजिप्ट वा कतारमा हुने सम्भावित वार्तामा भाग लिने इजरेलको निर्णय, संयुक्त राज्य अमेरिकाको समर्थनमा कतारी र इजिप्टका मध्यस्थकर्ताहरूले इजरेललाई प्रश्तावित सम्झौतामा हमासको प्रतिक्रिया दिएको एक दिनपछि आएको हो । 

प्रारम्भिक छलफलपछि प्रधानमन्त्री नेतन्याहुले वार्तालाप प्रतिनिधिमण्डल पठाउन अनुमोदन गरे । हमासले बुधवार कतारी र इजिप्टका मध्यस्थकर्ताहरूसँग प्रस्तावित सम्झौताबारे परामर्श गरेको बताएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ