arrow

एमालेकै सहयोगमा बजेट पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
rastriyasabha-81-3-21.jpg

काठमाडौँ । माओवादी केन्द्रलाई धोका दिएर सरकारबाटै बाहिरिइसकेको नेकपा एमालेको सहयोगमा राष्ट्रिय सभाबाट बजेट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा बजेट अन्तर्गतको विनियोजन विधेयक पारित भएको हो । 

बैठकमा विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा एमालेका राष्ट्रियसभा सदस्यहरुले हुन्छ भन्ने मत दिएका थिए । कांग्रेस सांसदहरु भने यसमा मौन बसेका थिए । एमालेको समर्थन र कांग्रेसको मौनतापछि उक्त विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित भएको हो । 

तीन वटा विधेयकको छलफलमा शून्य सहभागिता

आजै राष्ट्रिय सभामा आर्थिक विधेयक, राष्ट्रऋण उठाउने विधेयक र भन्सार महशुल विधेयक समेत प्रस्तुत भएको थियो । विधेयकउपर छलफलका लागि सांसदहरुको नाम अध्यक्षले माग गरे पनि कोही पनि छलफलमा सहभागी नभएपछि विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव पेश गरी पारित गरियो । 

आगामी बैठक आइतबारका लागि बोलाइएको छ । उक्त दिन सबै विधेयकउपर छलफल गर्ने तयारी छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ