arrow

प्रचण्डले विश्वासको मत लिनुअघि जसपाले पनि फिर्ता लियो समर्थन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
ashok-rai-news-aaja.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपाले शुक्रबार संसदीय दलको बैठकबाट निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

पार्टीको निर्णयपछि अध्यक्ष अशोक राईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्मथन फिर्ता दिएको पत्र लेखेका छन् ।

जसपाका प्रतिनिधि सभामा ७ सांसद रहेका छन् भने प्रचण्ड नेतृत्वको सरकारमा प्रदीप यादव स्वास्थ्य तथा नवल किशोर शाह वन मन्त्री रहेका छन् ।

एमालेपछि सरकारबाट बाहिरिने जसपा दोस्रो दल बनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ