arrow

प्रेम आलेले छाडे एस, भन्छन् –माधव नेपालको पार्टीमा म छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
prem-alea.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले आफू पार्टीमा नरहेको बताएका छन् ।

महाधिवेशनमा समेत उपस्थित नरहेका आलेले आफ्र पार्टीमा सक्रिय नरहेको जानकारी दिएका हुन् । असार १६ गतेदेखि शुरु भएको महाधिवेशन बहिष्कार गरेको बताउँदै आलेले अब त्यो पार्टीमा आफू नरहने जनाए ।

उनले भने, ‘मैले संसदीय दलको बैठकमा अध्यक्ष माधवकुमार नेपालकै अगाडि म तपाईंको पार्टीमा रहँदिन भनेको थिएँ । त्यो पार्टीमा रहन्न, निर्वाचित जनप्रतिनिधि भएकाले जनताको काम गरेर बस्छु । अन्य पार्टीमा जानेबारे अहिले सोचेको छैन ।’

आलेले एकीकृत समाजवादीमा वडाको निर्वाचन पनि जित्न नसक्ने नेताहरु पदाधिकारी रहेको बताए । उनले भने, ‘म त तीन पटक लगातार निर्वाचित सांसद हुँ ।’

नेकपा एकीकृत समाजवादीले आज सार्वजनिक गरेको ९३ जना केन्द्रीय समितिको सूचीमा आलेको नाम समावेश गरिएको छैन ।
   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ