arrow

भोजपुर पूर्ण खोप सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
bhojpur_district_map.png
फाइल तस्बिर

भोजपुर । भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । 

जिल्लाका दुई नगरपालिका र सात गाउँपालिका गरी नौ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज औपचारिकरूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो । 

खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् । 

जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि यस्तो घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले जानकारी दिए ।  

समन्वय समितिका प्रमुख राईले आगामी दिनमा पनि खोप लगाउनबाट कोही पनि वञ्चित हुन नहुने बताउँदै यसमा महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको बताए । 

त्यस अवसरमा जिल्लाका नौवटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । 

प्रदेशभित्रका १४ मध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छैटौँ जिल्ला हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ