arrow

राजीनामा नदिएपछि मधेसका छ मन्त्री बर्खास्त

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २२ शनिबार
madhes-pradesh.jpg
तस्बिर – फाइल ।

गोदार । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले ६ जना मन्त्रीलाई पदमुक्त गरेका छन् । मन्त्रीहरुसँग राजीनामा माग गरिएको तर उनीहरुले राजीनामा नदिएपछि उनीहरूलाई  बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले बताए ।

मुख्यमन्त्री सिंहले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई बर्खास्त गरेका हुन् । 

हालै नेकपा एमाले–नेपाली कांग्रेसबीच सत्ता साझेदारी गर्नेसम्बन्धमा लिखित सहमति भएपछि मुख्यमन्त्री सिंहले ती मन्त्रीलाई पदमुक्त गरेका हुन् । 

प्रदेश सभामा उनले विश्वासको मत लिने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ