arrow

देशभर वर्षा, मंगलबारसम्मै वर्षा हुने, सचेत रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
rain-kathmandu-flood-81-3-2.jpg

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा  पूर्वदेखि पश्चिमसम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि  धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका प्रदेशको एक–दुई  स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज त्यस्तै राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

मंगलबारसम्म नै वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख रहेको छ । सचेत रहनसमेत आग्रह गरिएको छ । 

शनिबार सबैभन्दा बढी दाङको घोराहीमा २८५.५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा २२८ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा भने ९२.२ मिलिमिटर वर्षा भएको छ । 

सबैभन्दा कम जुम्लामा ६ मिलिमिटर वर्षा भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ