arrow

एभरेष्ट हस्पिटलले थप्यो पाँच  सेवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
everest-hospital-81-3-22.jpg

काठमाडौँ । एभरेस्ट हस्पिटल प्रालिले आक्रामक रूपमा थप नयाँ सेवा विस्तार गरी रक्त सञ्चार सेवा सञ्चालनमा ल्याएको छ। हस्पिटलले ल्याएको थप नयाँ सेवामा ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआईसीयू सेवा ल्याएको हो । 

उक्त अत्यावश्यक सेवाको एक समारोहबीच पूर्व स्वास्थ मन्त्री प्रदीप यादवले उद्घाटन गरे । थप नयाँ सेवा शुरु भएको अवसरमा अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

नि:शुल्क स्वास्थ शिविरमा मिर्गौला जाँच, निःशुल्क सुगर, युरिया र क्रियाटिनिन जाँच तथा १५० जनालाई निःशुल्क सेनेटरी प्याड वितरण, १५० जनालाई  १०० रुपैयाँमा अल्ट्रासाउण्ड सेवा, नि:शुल्क दन्त परीक्षण, निःशुल्क आँखा जाँच लगायत सेवा प्रदान गरेको अस्पतालका निर्देशक दीपकचन्द्र बरालले बताए । 

उनले अस्पतालमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रमा ८०० युनिटसम्म रगत भण्डार गर्ने क्षमता रहेको बताउँदै पहिलो पटक डायलाइसिसको लागि नाम टिपाउने १० जना बिरामीलाई नि:शुल्क डायलाइसिस सेवा दिइनेसमेत बताए । 

राजधानीको मुटु अर्थात् नयाँ बानेश्वरमा अवस्थित यो एभरेस्ट अस्पताल एक सय शैया क्षमताको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ