arrow

ओली निवास बालकोटमा सशस्त्रका इन्स्पेक्टरको मृत्यु भएपछि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
deuba-olibalkot.jpg

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा सुरक्षा प्रमुख रहेका सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक इन्स्पेक्टर ४२ वर्षीय उमेश थापाको निधनले निकै दुःखी र स्तब्ध बनाएको बताएका छन् ।

ओलीले शनिबार समवेदना सन्देश जारी गर्दै धेरै नबोल्ने र लजालु स्वभावका थापा काम एवं जिम्मेवारीमा जतिबेला पनि तम्तयार रहने गरेको स्मरण गर्दै थापाको निधनले निकै दुःखी बनाएको बताएका छन् ।

ओलीले लेखेका छन्, “सुरक्षामा खटिएका सशस्त्र प्रहरीका इन्स्पेक्टर भाइ उमेश थापाको निधनको खबरले दुःखी छु । आज म बाहिरका कुनै पनि कार्यक्रममा सहभागी भइनँ । हिजो साँझ छुट्टिएर आफ्नै घर गएका उमेश भाइको निधनको खबरले दुःखी बनायो । उनको परिवारजनमा समवेदना व्यक्त गर्दछु ।”

पूर्वमन्त्री एवं नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले आफ्नै छिमेकी थापाको निधनले एक असल छिमेकी र गुण्डुले राम्रो युवा गुमाउनुपरेको भन्दै शोक व्यक्त गरे । 

त्यस्तै बागमती प्रदेशसभा सदस्य किरण थापाले हिजोमात्रै उनीसँंगै बोलेर गएको तर आज मृत्युको खबरले दुःखी बनाएको भन्दै अकल्पनीय दुःखद् घटनाले मर्माहत बनाएको बताए ।

थापाको पार्थिव शरीरलाई शिक्षण अस्पतालमा शव परीक्षणपछि शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको र पूर्वमन्त्री महेश बस्नेत, सशस्त्र प्रहरी बलका महानिरीक्षकलगायतले श्रद्धाञ्जलि अर्पण गरेको स्थानीय दिनेश थापाले जानकारी दिए । 

हिजो राति फुटबल म्याच हेर्दा अरुलाई डिस्टर्ब नहोस् भनी एक्लै सुत्न गएका उनी बिहान अचेत अवस्थामा भेटिएपछि भक्तपुर अस्पताल लगिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ