arrow

जयपुरमा हुने आईएचएफ ट्रफी ह्याण्डबल खेल्ने खेलाडीको बिदाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
handball-player-gandaki.jpg

पोखरा । भारतको जयपुरमा सेन्ट्रल एसिया जोन २ अन्तर्गत आयोजना हुने पुरुष उमेर समूह (यू-२०) र (यू-१८) आईएचएफ ट्रफी २०२४ मा सहभागिता जनाउने खेलाडीको बिदाई गरिएको छ ।

गण्डकी प्रदेश ह्याण्डबल संघले एक कार्यक्रमको आयोजना गरी उनीहरुको बिदाई गरेको हो । प्रतियोगितामा दुबै उमेर समूह गरी २८ नेपाली राष्ट्रिय खेलाडीमध्ये गण्डकीबाट १९ जना खेलाडी सहभागी हुँदैछन् ।

पुरुष उमेर समूह यू-२० (यूथ) अन्तर्गत कुल १४ खेलाडीमध्ये गण्डकी प्रदेशबाट ८ जना र (यू-१८) जुनियरतर्फ १४ जनामा गण्डकीबाट ११ जना रहेका छन् । सोही टिममा गण्डकीबाट दुई जना प्रशिक्षकको समेत सहभागिता छ ।

प्रतियोगिता यही असार २६ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघद्वारा आयोजित प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, भुटान, श्रीलंका, मालदिभ्स, यमन, अफगानिस्तान गरी ८ राष्ट्रले सहभागिता जनाउने छन् ।

खेलाडीको बिदाई कार्यक्रममा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले आफ्नो क्षमता प्रदर्शन गर्दै टिम गेमको भावना अनुरुप खेल्न आग्रह गरे ।

उनले खेलकुद मैदानमा मात्रै नभई सद्भावसमेत बढाउन भूमिका खेल्ने दावी गरे । अहिले खेलकुदको आदर्शलाई बुझ्न नसक्दा खुट्टा तान्ने प्रवृत्ति बढेको भन्दै उनले यसैका कारण खेलकुद क्षेत्र पछि परेको जिकिर गरे ।

ह्याण्डबल संघका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा परिषद्का प्रशासन प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख नीलकण्ठ ढकाल, संघकी उपाध्यक्ष शान्ती वैद्य थापालगायत सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ