arrow

बाढीले नारायणी नदीमा फसेका ६० जनाको सकुशल उद्वार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
gotakhor-81-3-23.jpg

चितवन । चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६ झन्झने गोब्रेनीस्थित नारायणी नदीमा फसेका ५८ जनाको गएराति पौने ११ बजे सकुशल उद्वार गरिएको छ ।

वर्षाको कारण नारायणी नदीमा आएको बाढीमा फसेको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवन र नेपाल प्रहरीको टोलीले उनीहरुको सकुशल उद्वार गरी सुरक्षित स्थानमा सारेको हो ।  

त्यस्तै पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–६ बुटवल बजारस्थित नारायणी नदीको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब ५ घन्टापछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्वार गरेको छ ।

माछा मार्ने क्रममा ३ जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र  प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको  गोताखोरले गएराति सवा १० बजे सकुशल उद्वार गरेको हो ।

घटना बारे जानकारी पाए पश्चात् कुरिनटारबाट गोताखोर पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ