arrow

नाबालिकलाई बन्धक बनाएर जबरजस्ती करणी, दुई युवा पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २३ आइतबार
arun-sunil-kaski-police.jpg

पोखरा । पोखरामा १३ वर्षकी १ नाबालिकामाथि जबरजस्ती करणी भएको छ । पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवामा यो घटना भएको हो । नाबालिकामाथि अपहरण वा शरीर बन्धक तथा जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा क्षिरेश्वर गाउँपालिका घर भई हाल पोखरा-११ बस्ने २१ वर्षीय अरुणकुमार दास र भारतको बिहार प्रदेश सीतामणि स्थायी घर भई पोखरा-११ नै बस्ने १९ वर्षीय सुनील दास छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माका अनुसार असार १७ गते सोमबार बिहान ११ बजे ती २ युवाले नाबालिकालाई तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई ललाईफकाई, छलकपट गरी झुक्यानमा पारी, डरत्रास देखाई ग८प ४२८० नम्बरको मोटरसाइकलको बिचमा राखी भाग्न उम्कन नदिई पोखरा ल्याए ।

उनीहरुले त्यस दिन रानीपौवास्थित कोठामा बन्धक बनाएर राखेर सोही दिन राति अर्थात १८ गते बिहान १ः३० बजे ती नाबालिकामाथि पालैपालो जबरजस्ती करणी गरे ।

सोही राति नाबालिकालाई सँगै लिएर तनहुँतर्फ भाग्नेक्रममा पोखरा-३०, पावरहाउसस्थित पृथ्वीराजमार्गबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेका दुवैबिरुद्ध कास्की जिल्ला अदालतबाट अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणीसम्बन्धी मुद्दामा ८ दिन म्याद लिएर अनुसन्धान भइरहेको डीएसपी शर्माले जानकारी दिए । साथै बालिकालाई उनकै बाबुको जिम्मा लगाइएको शर्माले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ