arrow

बाढीपहिरोमा हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
landslide-81-3-23.jpg

काठमाडौँ ।अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपद्‌मापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।
      
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । 

घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
      
उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।
      
उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ