arrow

आँधिखोला किनारमा पुरुषको शव भेटियाे

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २४ सोमबार
andhikhola-death.jpg

पोखरा । स्याङ्जास्थित आँधिखोला किनारमा एक पुरुषको शव भेटिएको छ ।

भीरकोट नगरपालिका वडा नं. ४ छ्याङ्छ्याङ्दीका ४० वर्षीय सुरेश श्रेष्ठको शव नदी किनारमा भेटिएको हो ।

पुतलीबजार नगरपालिका वडा नं. ३ स्थित आफन्तको घरमा आएका उनी आइतबार साँझदेखि बेपत्ता भएका थिए ।

साथै उनको स्कुटरसमेत शव भेटिएको स्थानदेखि केही माथि भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्कुटर पूर्णरुपमा क्षति भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ