काठमाडौं । श्रीलंङ्कन राजदूत डब्लुएस पेरेलाले प्रधानमन्त्री पुष्पकमलसँग शिष्टाचार भेट गरेकी छन् । राजनीतिक भेटघाटमा सधै जसो व्यस्त हुने प्रधानमन्त्री दाहाल पछिल्लो समय कुटनीतिक भेटघाटमा पनि व्यस्त हुन थालेका छन् ।
सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताए ।
भेटमा प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास एवं समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पुनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिए ।
भेटमा श्रीलंकाली राजदूतभन्दै आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६०औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।