arrow

राप्रपाले गठन गर्‍याे विधान संशोधन सुझाव समिति

logo
प्रकाशित २०७३ मंसिर २० सोमबार
Cx37NepUAAAZuZA.jpeg

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ ।

समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको छ ।

नवगठित समितिका सदस्य बर्तौलाका अनुसार नेता तथा कार्यकर्ताको भावनालाई सम्बोधन हुने गरी सुझाव सङ्कलन गरेर विधान संशोधनका लागि प्रस्ताव गरिनेछ ।

आगामी फागुन ६ देखि ९ गते काठमाडौँमा एकीकृत पार्टीको महाधिवेशन हुने छ । अहिलेसम्म ४० जिल्लाभन्दा बढी स्थानमा दुई दलबीच स्थानीय एकता भएको छ । यही मङ्सिर २५ गतेसम्म बाँकी जिल्लामा एकता गरिसक्ने जनाइएको छ ।

यसैबीच, पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । उक्त बैठकले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्तावबारे निर्णय लिने बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ