कञ्चनपुर । कञ्चनपुर जिल्लाको महेन्द्रनगर स्थित महाकाली विकास बैंकको भान्सामा आगलागी भएको छ । भीमदत्त नगरपालिका ४ बजारमा रहेको महाकाली विकास बैंकको केन्द्रीय कार्यालयको भान्साकोठामा सोमबार बिहान आगलागी भएको हो ।
बैंकका कार्यालय सहयोगी मान बहादुर बिष्टले चिया पकाईरहेको बेला एक्कासी ग्याँस लिकग हुँदा आगलागी भएको हो । ‘म चिया पकाउँदै थिए, एक्कासी ग्याँस लिग भएर आगो लाग्यो ।’ उनले भने ‘मैले फेरी प्रहरी र बैंक सुरक्षा गार्डलाई जानकारी गराए ।’ रेडियन्ट कम्पनीको उक्त ग्याँस आईतबार मात्रै भराएर ल्याएको थियो ।
बैंकको माथिल्लो तलामा रहेको जस्ताको छानाले छाएको भान्सामा आगलागी हुँदा एक ग्याँस सिलिन्टर सहित समान्य क्षति भएको छ । बैंकका कर्जा विभाग प्रमुख नरेन्द शाहका अनुसार ढोका, टेबुलमा सामान्य क्षति भएको छ । समयमै प्रहरी पुग्दा आगलागीले ठुलो रुप लिन सकेन् ।