arrow

गोठमा सुतिरहेका चारजनालाई पहिरोले बगायो, एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
rukum1.png

रुकुम पूर्व । रुकुम पूर्वमा पहिरोमा परी एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकामा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुबा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए ।

 उनीहरूलाई उपचारका लागि रुकुमकोट पढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ