arrow

भ्रष्टाचार ढाकछोपका लागि यो सरकार बनेको हो- सांसद पाण्डे [भिडियो]

प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
rajendra-pandey-03.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले नयाँ सरकार भ्रष्टाचार ढाकछोपका लागि बन्ने बताएका छन् । उनले सरकार गिरीबन्धु प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण लगायतका प्रकरणहरू छोप्नका लागि बनेको बताए। 

उनले संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग गठबन्धन नरहेको आफूहरूको बुझाइ रहेको बताए। उनले प्रमुख प्रतिपक्षको जिम्मा पाएको राजनीतिक दल नै जिम्मेवारी छोडेर सरकारमा सहभागी हुनुले शंका उब्जिएको बताए।

उनले भने, ‘सरकार बनेकै त्यस्तै छोप्नलाई हो । त्यस्तै कुरा आइरहेको छ । गिरीबन्धुको छोप्नुपर्ने भयो, एक जना भाउजूको पनि छोप्नुपर्ने भयो, केके भनेर पनि कुरा आइरहेको छ । भुटानी शरणार्थी काण्डको छोप्नुपर्ने भयो । यस्ता कुरा भन्ने आइरहेको छ । त्यो नहोस् । त्यो उहाँहरूमाथि लागेको आरोप गलत ठहरियोस् । तर आम रूपमा संविधान संशोधन, देशलाई सुधार्ने, सपार्ने, कुरासँग सम्बन्धित होइन । प्रमुख प्रतिपक्षको जिम्मै छोडेर सरकारमै बस्न पुगेपछि हाम्रो रक्षा कसले गर्दछ । प्रमुख प्रतिपक्षको जिम्मेवारी पाएको पार्टी नै सरकार सम्हाल्न हिँडेपछि । गलत कुरा छोप्न हो की भन्ने शंका सबैको छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ