arrow

बिन्दवासिनी सहकारी ठगी प्रकरणमा थप दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
kiran-buddhisagar.jpg

पोखरा । पोखरास्थित विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा-१७ बिरौटाका ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ ।

सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झन्डै सात करोड रुपियाँ हिनामिना देखिएको छ ।

सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् ।

अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदीले मिलेर कार्यसमितिका अरूको किर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ