arrow

संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए संघर्ष : शर्मा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
janardan-rajswa.JPG
फाइल तस्बिर

पोखरा । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र भए सङ्घर्ष गर्ने चेतावनी दिएका छन् । 

पार्टीको पोखरा महानगर कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले कांग्रेस एमालेले संविधान संशोधन गरेर परिर्वतनका उपलब्धि खोस्ने षड्यन्त्र गरे सरकार, सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनले जनताका हक अधिकार गुम्न नदिन जहिले पनि सचेत भएर लाग्ने स्पष्ट पारे । 

उनले अबका दिनमा पार्टी संगठनलाई बलियो बनाउँदै जनताका अधिकारको रक्षा गर्ने ढंगले अघि बढ्ने बताए । पार्टी संगठन निर्माण र सुदृढीकरण अबको पहिलो प्राथमिकता भएको स्पष्ट पार्र्दै महासचिव शर्माले पार्टी प्रतिपक्षमा बस्न तयार रहेको उल्लेख गरे । 

उपमहासचिव शर्माले विगतमा पार्टी निर्माण र एकताबद्ध बनाउने सन्दर्भमा सबैको कमी कमजोरी भएको स्वीकार गर्दै आफ्नोतर्फबाट भएको कमजोरीको जिम्मा लिन तयार रहेको उल्लेख गरे । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले संविधानअनुसार नै विश्वासको मत लिन लागेको उनले बताए ।

माओवादी केन्द्रको नेतृत्वमा सरकार सञ्चालन हुँदा सुशासन, विकास र समृद्धिका क्षेत्रमा उल्लेखनीय काम भएको उपमहासचिव शर्माले दावी गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ