arrow

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमाले गठबन्धन : डा. कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
shekhar-koirala-02-03.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताएका छन् ।

खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन् । कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उनको भनाइ छ ।

“मैले विगत सात/आठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ”, उनले भने ।

उनले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गरे । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ