arrow

चट्याङ लागेर दुई महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
lighiting-chatank.jpg
फाइल तस्बिर

बाँके । बाँकेमा चट्याङ लागेर २ महिलाको मृत्यु भएको छ भने अर्की १ महिला घाइते भएकी छिन् ।

राप्तिसोनारी गाउँपालिका-२ कचनापुरको हरिहरपुर गाउँमा धान रोप्ने क्रममा २ महिलाको चट्याङ लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

मृत्यु हुनेमा ३२ वर्षीया सम्झना विक र ३२ वर्षीया वसन्ती उपाध्याय छन् ।

गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा ज्यान गएको हो । चट्याङ लागेर ३० वर्षीया सलिना विक गम्भीर घाइते भएकी छन् ।

उनको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ