arrow

कालिकास्थान-पुडिटार-लामेआहाल सडक शिलान्यास

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
road-pokhara.jpg

पोखरा । कोत्रे-बिरौटा सडक खण्डअन्तर्गत पोखराको कालिकास्थान-पुडिटार-लामेआहाल सडक स्तरोन्नति थालिएको छ ।

पोखरा महानगरपालिका र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा मंगलबार कालिकास्थानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सडकको शिलान्यास गरे ।

विश्व बैङ्कको सहयोगमा निर्माण हुन लागेको १२दशमलव४४ किमी लममे सडकको लागत अनुमान रु एक अर्ब आठ करोड ४८ लाख ९१ हजार ३ सय २६ रहेकामा रु ७७ करोड ६८ लाख ९२ हजार ८ सय ३७ मा आशिष निर्माण सेवा प्रालिसँग यही असार ६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको हो । ठेक्का सम्झौताको मितिबाट तीन सय ९० दिनमा काम सम्पन्न गर्नुपर्ने जनाइएको छ ।

शिलान्यास कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो सडक आयोजना महानगरको गौरवको आयोजना भएको भन्दैै महानगरभित्र २८ अर्बभन्दा बढीका विभिन्न आयोजना सञ्चालन भइरहेको बताए ।

सहरी विकास मन्त्रालयका सचिव मनिराम गेलालले पोखराको विकासलाई पूर्वाधार विकास सरकारको पहिलो प्राथमिकतामा भएको बताए ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले समयमा नै काम सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग आवश्यक भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ