arrow

बिहान आएको पहिरोले घर पुरिँदा भीमको मृत्यु, कमलाको उद्दार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
pahiro-pokhara27.jpg

पोखरा । पोखरामा पहिरोले घर पुरिँदा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं.२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) वसन्तकुमार थापाका अनुसार आज बिहान करिब ४ बजे सहेलापाटास्थित घरमाथिबाट आएको पहिरोले मनबहादुर थापाको घर पुरिएको थियो ।

सोही पहिरोले पुरिएर मनबहादुरका छोरा भीमको घटनास्थलमै मृत्यु भएको हो ।

सोही घटनामा परेकी ५० वर्षीया कमला थापाको भने सकुशल उद्दार गरिएको डीएसपी शर्माले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा खोज तथा उद्दार कार्य भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ