arrow

कारागारमा रहेका सहकारी सञ्चालकसँग पनि समितिले सोधपुछ गर्ने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २६ बुधबार
sahakari-parliamentary-committee-81-3-12.jpg

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरूसँग पनि सोधपुछ गर्ने बताएका छन् । बुधबार सहकारी पीडितहरूसँगको छलफलमा बोल्दै सभापति थापाले  कानूनअनुसार जेलमा भएका सहकारी सञ्चालकहरूलाई पनि सोधपुछ गरी तथ्य प्रमाणहरू खोज्ने बताए । 

उनले विदेशमा भएका सहकारी ठगहरूलाई नेपालमा ल्याउन प्रधानमन्त्रीसँग माग गर्ने बताए । उनले सरकारले र संसद्ले गर्ने काम फरक हुने भन्दै सहकारी पीडितहरूलाई न्याय दिलाउने गरी काम गर्ने बताए । उनले समितिले आश्वासन भन्दा पनि वास्तविकतामा आधारित भएर काम गर्ने बताए । 

उनले सरकारको तर्फबाट भएका लुप होलहरु पनि समितिले खोजिरहेको बताए । उनले सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले नभई सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको बताए । उनले समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरू जुटाइरहेको बताए ।

उनले भने,‘समितिले नभएका आश्वासन दिँदैन । समितिले जे हो, त्यो गर्छौँ । सरकारको तर्फबाट लुप होलहरु छन् भने ती पनि खोजिरहेका छौ । सरकारका निकायहरू गृह प्रशासन,प्रहरीलाई बोलाएर पनि भनिरहेका छौ । सहकारी ठगेर विदेश जो पलायन भएका छन् । उनीहरूलाई नेपालमा ल्याउने कानूनी प्रबन्धका बारेमा जानकारी लिएका छौं । सहकारी क्षेत्रमा देखिएको सहकारी समस्या वास्तविक सहकारीको कारणले होइन । सहकारीका माध्यमबाट बचतको अपचलन ठगी गर्ने नियतका साथ आएका केही सहकारीका कारणले समस्या आएको छ । समितिले पनि यही कुरामा बढी केन्द्रित भएर आएका तथ्यहरूलाई केलाइरहेका छौं । राज्यका निकायहरूले किन लापरबाही गरेर भनेर पनि हेरेका छौं । चितवनमा एउटै मान्छे कोषाध्यक्ष,पोखरामा अध्यक्ष र नेपाल गञ्जमा उपाध्यक्ष अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे भएको छ । यसरी सहकारीको चेन कसरी बन्यो भन्नेबारे गम्भीर भएका छौं । हामीले सबै सहकारीका समस्या बारेमा जानकारी लिने अन्तिमतिर छौँ । जेलमा भएका सहकारी सञ्चालकहरूसँग पनि कानूनअनुसार रहेर सोधपुच्छ गर्छौँ । विदेशमा भागेर बसेकाहरूलाई पनि नेपालमा ल्याउन प्रधानमन्त्रीलाई भन्छौँ । सरकार र संसद्को काम गर्ने तरिका फरक हुन्छ । त्यो देखाउँछौँ ।’

उनले चितवनमा एउटै मान्छे कोषाध्यक्ष,पोखरामा अध्यक्ष र नेपाल गञ्जमा उपाध्यक्ष अर्को ठाउँमा ऋण समितिको सदस्य एउटै मान्छे हुने विषयलाई पनि समितिले गम्भीर रूपमा अध्ययन गरी रहेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ