arrow

पेरिस ओलम्पिकमा नेपालबाट को को सहभागी हुँदैछन् ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
paris-olympics-2024-ap.jpg

काठमाडौँ । फ्रान्सको राजधानी पेरिसमा साउन ११ देखि २७ गतेसम्म हुँदै गरेको २०२४ को ३३ औं ओलम्पिक खेलकुदमा नेपालबाट सात खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । 

दुई खेलाडीले छनोट चरण पार गरेरै सहभागीता जनाउन पाएका छन् । नेपालका लागि यो संस्करण अविश्मरणीय एवं कीर्तिमानी बनेको छ । किनकि एकै संस्करणमा दुई खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा सहभागीता  जनाएको यो पहिलो पटक हो । 

यसअघि छुट्टाछुट्टै ओलम्पिकको संस्करणमा तेक्वान्दो खेलाडीद्धय संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिकमा सहभागीता जनाउन पाएका थिए । 

केहीले वाइल्ड कार्ड र सबैजसोले कोटाबाटै सहभागीता जनाउँदै आएकामा पेरिस ओलम्पिकमा सात खेलाडी सहभागी हुँदै गर्दा टेबल टेनिसबाट स्यान्टु श्रेष्ठ र जुडोबाट मनिता श्रेष्ठ प्रधानले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाएका हुन् । 

नेपालका लागि तेक्वान्दोपछि अब टेबल टेनिस र जुडो पनि ओलम्पिकमा छनोट चरणबाट सहभागी हुने खेल बनेको छ । 

अन्य खेलाडीहरुमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, शुटिङबाट सुश्मिता नेपाल, पौडीबाट एलेक्स (एलेक्जेन्डर एस शाह) र डुवाना लामा तथा एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ रहेका छन् । प्रिन्स र सुश्मिता आमन्त्रित कोटामा तथा बाँकी खेलाडीहरुले स्वतः कोटामा खेल्न पाएका हुन् । 

नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ दुई जना खेलाडी एउटै संस्करणमा छनोट चरण पार गरेर सहभागी हुनुलाई ठूलो सफलता मान्छन् । 

सात खेलाडीमध्ये एलेक्स अमेरिकामा प्रशिक्षणरत छन् । उनी अमेरिकामै बसेर पढ्छन् । उनी आफ्नै खर्चमा अभ्यास गरिरहेका छन् । स्कलरशिप पाएर जुन खेलाडीले अभ्यास गरिरहेका थिए उनी छनोटमा नपरेपछि एलेक्सले अवसर पाएका हुन् । एनओसीले आवश्यकताअनुसार सहयोग गर्ने बताए । उनलाई पौडी संघको पनि केही न केही सहयोग रहेको छ । 

डुवानाले थाइल्याण्डमा रहेर प्रशिक्षण लिइरहेकी छिन् । उनले पनि आफ्नै खर्चमा प्रशिक्षण लिइरहेकी हुन् । उनलाईसमेत एनओसीले सहयोग गर्ने जनाएको छ । त्यस्तै प्रिन्सले श्रीलंकामा अभ्यास गरिरहेका छन् । 

सान्टोले अष्ट्रेलियाको सिड्नीमा प्रशिक्षण लिइरहेका छन् । सुश्मिता, सन्तोषी र मनिताले भने नेपालमै प्रशिक्षण गरिरहेका छन् ।

सात खेलाडीले सहभागीता जनाउने भए पनि पेरिस जानेको भने लर्को रहेको छ । मन्त्रिमण्डल परिवर्तन हुँदै गर्दा त्यो लाइनका भीआईपीहरुको नाम पछि आउने नै छ । तर अहिलेलाई नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद पदाधिकारी र कर्मचारीहरु नै बढी देखिएका छन् ।  

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ सेभ दि मिसन रहेको टोलीमा अहिलेसम्म २६ जनाको निश्चित भइसकेको छ । यही नै अन्तिम भने हैन । यसमा अझै थपिने निश्चित छ ।

यस्तो छ अहिलेसम्म निश्चित भइसकेको औपचारिक टोली–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ