arrow

हवाई आक्रमणमा २५ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
gaza-israel-palestine-AFP.jpg

काठमाडौँ । दक्षिणी गाजापट्टीको खान युनिस शहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरेली हवाई आक्रमणमा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका प्यालेस्टिनी स्रोतले बताएको छ । 

इजरेली विमानले मिसाइल प्रयोग गरेर खान युनिसको पूर्वमा रहेको अबसान अल–कबिरा शहरमा सयौं विस्थापित मानिसहरू बस्ने अल–अव्दा स्कुलको गेटलाई निशाना बनाइ आक्रमण गरेका थिए । 

चिकित्सा स्रोतहरूले इजरेली हवाई आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा २५ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको बताए । उक्त क्षेत्रमा भिडभाड भएका कारण पीडितको सङ्ख्या बढ्न सक्ने बताएको छ । 

इजरेल डिफेन्स फोर्स (आईडीएफ) ले हतियार प्रयोग गरेर इजरेली वायुसेनाले हमासको सैन्य शाखाका एक आतङ्ककारीलाई आक्रमण गरेको बताएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ