arrow

जसपा नेपालले प्रचण्डलाई विश्वासको मत नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
jasapa-flag-evergreen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । जसपा नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको सांसद राजकिशोर यादवले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीले शुक्रबार ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिँदैछन् ।

सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको सर्मथन फिर्ता लिएपछि प्रधानमन्त्रीले संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ