arrow

ब्यूटीपार्लर एसोसिएसनमा बबिता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २७ बिहिबार
beautyy.jpg

पोखरा । ब्यूटीपार्लर एसोसिएसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की निर्वाचित भएकी छन् । संस्थाको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनले कार्कीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा चित्रकुमारी थापा, उपाध्यक्षमा सोमना शाक्य, महासचिवमा माया विश्वकर्मा र सहसचिवमा पुष्पा पौडेल छन् । यसैगरी सदस्यमा कामना गुरुङ, मन्जु अधिकारी, विश्व श्रेष्ठ, शुष्मा गुरुङ र संकल्प श्रेष्ठ छन् ।

यस्तै ब्यूटीपार्लर एसोसिएसन कास्कीको अध्यक्षमा छाँया ढकाल, उपाध्यक्षमा सुनीता गुरुङ, सचिवमा शिशिर गोदार, उपसचिवमा हिमलादेवी गुरुङ, कोषाध्यक्षमा शान्ता लामिछाने र सहकोषाध्यक्षमा प्रभा वैद्य सर्वसम्मत चयन भएका छन् । कार्यसमिति सदस्यमा सुशीला केसी, प्रमीला जोशी, टीका पुन, पूर्णकला गुरुङ र नीकिता गुरुङ छन् ।

यस्तै ब्यूटीपार्लर एसोसिएसन लेखनाथ ईकाइको अध्यक्षमा शोमा पौडेल, उपाध्यक्षमा पवित्रा गौतम, सचिवमा शिल्पा परियार, सहसचिवमा लक्ष्मी कुमाल, कोषाध्यक्षमा अमृता गुरुङ छन् । कार्यसमिति सदस्यमा रश्मी गिरी, सुस्मिता खड्का, पार्वती हरिजन, बिन्जु गोदार र अस्मिता परियार छन् ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले आत्मनिर्भर बन्न र अर्थतन्त्रलाई नियन्त्रित गराउनका लागि व्यवसाय गर्न आवश्यक रहेको बताए ।

बरालले ब्यूटीपार्लर व्यवसायमार्फत राज्यको अर्थतन्त्रमा टेवा पुगेको हुँदा यस पेसाप्रति सरकार सकारात्मक भएर लाग्नुपर्नेमा जोड दिए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकीका अध्यक्ष चिनु गुरुङले सौन्दर्य पेसामा महिलालाई सम्पर्कमा राखेर व्यवसाय सञ्चालन गर्नुपर्ने भएतापनि सरकारले त्यसबारेमा चासो नदेखाएको उल्लेख गरिन् ।

एसोसियसन गण्डकी अध्यक्ष रुपकला श्रेष्ठले व्यवसायीले समयअनुसार आफूलाई अपडेट गर्न आवश्यक रहेको बताइन् ।

सौन्दर्य पेसामा प्रयोग हुने सामग्री दिनप्रतिदिन अपडेट भएर आउने भएकाले व्यवसायीले विभिन्न तालिमको माध्यमबाट अपडेट हुनुपर्ने उनको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ