arrow

जसपा नेपालमा दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
jasapa-nepal-01-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । 

गत जेठ २८, २९ र ३० गते जनकपुरधाममा सम्पन्न महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष यादवले बिहीबार दुई सय १५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । 

अध्यक्ष यादवद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार केन्द्रीय कार्यकारिणी समिति सदस्यमा रकम चेम्जोङ, गोविन्द चौधरी, प्रकाश अधिकारी, मृगेन्द्रकुमार सिंह, मनिषकुमार सुमन, राजकिशोर यादव, लालबाबु राउत र शिवलाल थापामगर छन । 

यस्तै केन्द्रीय समिति सदस्यमा अमरेश नारायण झा, अर्जुन थापा, अशेश्वर यादव, अशोककुमार यादव, अनिरुद्रप्रसाद सिंह, अमरनाथ मण्डललगायत छन् । जसपाले अध्यक्ष, कार्यकारिणी समिति सदस्य र केन्द्रीय सदस्यको नामावली सार्वजनिक गरेको हो । 

पार्टीको बाँकी पदाधिकारी चाँडै टुङ्गो लगाइने सो पार्टीले जनाएको छ । जसपामा अध्यक्षसहित सहअध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव दुई, उपमहासचिव तीन, सचिव सात र कोषाध्यक्ष एक हुने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ