arrow

पोखरामा पहिरोले घर पुरियो, अनिताको मृत्यु, युवक बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
Kaski_District.png

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा पहिरोमा पुरिएर एक युवतीको ज्यान गएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा रहेकी छन् ।

स्थानीय आरती ओझाको टिनले छाएको एकतले घर माथिबाट आएको पहिरोले पुरिँदा अनिताको मृत्यु भएको हो ।

सोही घटनामा २५ बर्षीय युवक वेपत्ता भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ