arrow

सिमलतालमा आएको पहिरोले दुई बस बगाउँदा त्रिशूलीमा बेपत्ता, कम्तीमा ६५ यात्रु रहेको अनुमान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
mugling-landslide-road.jpg
तस्बिर – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा खसेको पहिरो डोजरको सहायताले पन्छाउँदै, रासस ।

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस  बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ ।

घटनास्थलमा पुगेका चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका हुन् । 

प्रजिअ यादवका अनुसार  गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ