arrow

ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
myagdi-landslide-81-3-28oo.jpg

म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । घर पुरिँदा  तुलप्रसाद र उनकी श्रीमती बालकुमारी न्यौपानेको मृत्यु भएको ताकम प्रहरीचौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीले उद्धार गरेका थिए । निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीमा पानीको सतह बढेको छ । 

जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ