arrow

पोखरामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
Kaski-hamrakura.jpg.jpeg

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ को चैतपुर बाह्रबिसेमा पहिरोमा पुरिँदा ३ जनाको ज्यान गएको छ ।

स्थानीय आरती ओझाको टिनले छाएको एक तले घर माथिबाट आएको पहिरोले पुरिँदा उनकी २ छोरीसहित ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतिक सुवेदी छन् ।

सो घटनामा घरधनी ४० वर्षीया आरती घाइते भएको बताइएको छ ।

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ