arrow

ढुङ्गा लागेर बस चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
mugling-landslide-road-stone-driver-dead.jpg

काठमाडौँ। नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पहिरोसँगै माथिबाट खसेको ढुङ्गा लागेर बस चालकको मृत्यु भएको हो।

बुटवलबाट काठमाडौँ जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

आज बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक गुड्दै गरेको बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् । ढुङ्गा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ