arrow

त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
mugling-narayanghat-landslide-trisuli-river-bus-pahiro.jpg

काठमाडौँ। पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए। त्रिशूलीमा खसेका बसमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको विङर र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ।

वीरगन्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाटबाट ३५ जना र बिपद व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोरसहित २० जना परिचालन भएका छन्। अहिले यात्रुको अवस्था अज्ञात रहेको र त्रिशूली नदीमा बसको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ