arrow

चितवन पहिरो अपडेट : बेपत्ता बस  भेटिएन, गोताखोर परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
mugling-narayanghat-landslide-trisuli-river-bus.jpg

चितवन। पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज बिहान दुई वटा बस नदीमा खसेका थिए।  बसमा ६५ जना सवार रहेको बताइएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जल सतह उच्च भएकाले खोजीमा समस्या भएको  जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी बलको गोताखोर टोलीले डुङ्गामा खोजी थालेका छन्। हालसम्म बस फेला पर्न नसकेको प्रजिअ यादवले जानकारी दिए।

आज बिहान आज बिहान ३:३० बजे काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल लेखिएको बस पहिरोले बगाउँदा त्रिशूलीमा खसेका थिए। प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१  र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार काठमाडौँ र वीरगन्जमा गाडी नम्बर र चलानीको बारेमा बुझ्ने काम भइरहेको छ। यद्यपि वास्तविक विवरण प्राप्त नभइसकेको उहाँले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ