arrow

बर्खाको समयमा नाइट बसमाथि प्रतिबन्ध लगाउन सांसदहरूको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
amresh-kumar-singh-mp-parliament-bara.jpg

काठमाडौँ। वर्षाको समयमा नाइट बसमाथि प्रतिबन्ध लगाउने माग संसद्मा उठेको छ। शुक्रवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद अमरेशकुमार सिंहले यस्तो माग गरेका हुन्। रातीको समयमा पहिरो खस्ने र रात्रिकालीन बसका चालकले थाहा नपाउने अवस्था रहेका कारण यो अवधिमा रात्रिकालीन बसलाई रोक लगाउन उनले माग गरे। 

बिहीबार राती पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङमा गएको पहिरोमा परी दुई बस पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका छन्। सांसद सिंहले नेपालको लाइफलाइन राजमार्गकै अवस्था यस्तो भएकोमा अरू ठाउँको अवस्था के होला भन्दै सरकारको ध्यानाकर्षण गराए।

बाग्मती प्रदेशको सवारी मर्मत र तेलमा मात्रै ३० करोड खर्च हुने गरेको देखिएको भन्दै त्यति रकम मानवीय क्षति रोक्न सडकमा खर्च नभएको उनले आरोप लगाए।

अर्का सांसद राजेन्द्र पाण्डेले समेत भदौ १५ सम्म नाइट बसमाथि प्रतिबन्ध लगाउन माग गरे। उनले बिहीबार रातीको दुर्घटना गाडीका चालकले सामान्य हिलो ठानेर गाडी अघि बढाउँदा दुर्घटना भएको जानकारी प्राप्त भएको भन्दै रातीको समयमा बस चलाउन प्रतिबन्ध लगाउनुपर्ने बताए।

उनले सडकको अवस्थाबारेमा पनि जनतालाई प्रत्येक घण्टामा जानकारी दिने व्यवस्था गर्न माग गरे। उनले विपद्को पूर्व तयारीमा सरकार चुकेको भन्दै अब उद्धारको काममा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ