arrow

पृथ्वीराजमार्ग सात घण्टापछि खुल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
pahiro-ghashikuwa.jpg

पोखरा । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खसेर अवरुद्व भएको सडक सात घण्टापछि खुलेको छ ।

मुग्लिन-पोखरा सडक विस्तार आयोजनाका तीनवटा उपकरण प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

“ठूलो पहिरो खसेकाले पन्छाउन समय लागेको हो”,उनले भने, “अहिले दुइतर्फी सडक पूर्ण रुपमा सञ्चालनमा आएको छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ