arrow

विपद्को तयारीबारे गृहमन्त्रीको अक्षमता छताछुल्ल, संसद्मा उठ्यो प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
parliament-home-minister.jpg

काठमाडौँ। सहकारी ठगी प्रकरणबारे प्रश्न सोध्दा गृहमन्त्री रवि लामिछानेले यसलाई आयातित प्रश्न भन्थे। सामाजिक सञ्जालमा भाइरल भएको एउटा फुटेजमा उनले भनेका थिए, ‘सधैँ अरूले भनिदिएको आयातित प्रश्न किन सोध्नुहुन्छ, विपद्को तयारी केछ भनेर सोध्नुस्, गृह मन्त्रालयका योजना के छ भनेर सोध्नुस्।’

तर, विपद्को तयारीका लागि निकै ठूलो काम गरेको बताउने गृहमन्त्रीको अक्षमता छताछुल्ल देखिएको छ । बिहीबार खसेको पहिरोमा परी दुई वटा बस बेपत्ता हुनु र उनीहरूको उद्धारमा भइरहेको ढिलाइ र कमजोरीका कारण आजैदेखि बहिर्गमन हुँदै गरेका लामिछानेमाथि प्रश्न उब्जिएको हो । 

केही दिन अघिसम्म सत्ता साझेदार रहेको पार्टी एमालेका ठाकुर गैरेले शुक्रबारको संसद्मा प्रश्न उठाए । ‘करिब एक महिना अगाडी सदनमा गृहमन्त्रीले यस पटक उद्धार राहतको देशभर व्यापक तयारी गरेको जानकारी गराउनुभयो । तर आज सरकारको तयारीको कारणले नागरिकले सुरक्षित महसुस गर्न सकेको अवस्था छैन,’ उनले भने । 

उनले खाद्यान्न आपूर्तिमा समस्या हुँदा तरकारीको मूल्य बढेको समेत बताए । आगामी दिनमा खाद्यान्नको मूल्य समेत बढ्ने अवस्था रहेको उनले बताए । 

अर्का सांसद प्रभु हजाराले अहिले देशमा सरकार गृहमन्त्रीले बाढीपीडित र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा बताए पनि व्यवहारमा त्यस्तो अवस्था नदेखिएको भन्दै प्रश्न उठाएका हुन् । उनले पनि सबै नाइट बस बन्द गर्न आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ