arrow

शंखरापुरको साँखु मेलम्ची सडकखण्ड खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
road-open-melamchai.jpg

काठमाडौँ। काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिका–१ चापाकोटस्थित साँखु मेलम्ची सडकखण्डको छाप भन्ज्याङ्गमा असार २८ गते बिहान अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक खुलाइएको छ। सुरक्षा बेस लप्सिफेदीबाट खटिएको सशस्त्र प्रहरीले पहिरो हटाई सडक सुचारु गरेको हो।

यसै गरी तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका–१ ठुलोढुङ्गास्थित पृथ्वीराज मार्गमा र भानु नगरपालिका–३ चाम्बासस्थित डुम्रे बेशिसहर सडक खण्डमा असार २८ गते बिहान आएको अविरल वर्षाको कारण माथिबाट पहिरो गई पूर्ण रूपमा अवरुद्ध भएको सडक नं. २३ गणको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले पहिरो हटाई सडक सुचारु गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ