arrow

बाध्यात्मक अवस्थामा काँग्रेस-एमाले एक ठाउँमा आयौँ : योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
yogesh-bhattarai-parliament-mp-uml.jpg

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा काँग्रेस-एमाले एक ठाउँमा आउनु परेको बताएका छन्।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन्।

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसद्मा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन्। उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद् विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए।

सांसद भट्टराईले काँग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे। उनले सामान्यता संसद्का दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिँदैन। तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एक ठाउँमा आउनुपरेको स्पष्ट गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ