arrow

अब प्रचण्डको उथलपुथलले काम गर्दैन : योगेश भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
yogesh-bhattarai-parliament-mp-uml.jpg

काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अब उथलपुथलले काम नगर्ने बताएका छन्।  

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने बताएका हुन्। 

उनले अब प्रधानमन्त्री प्रचण्डलाई आफ्नो समीक्षा गर्ने अवसर काँग्रेस र एमालेले सुनौलो अवसर दिएको बताए। प्रचण्डबाट आफूहरूले संयमताको अपेक्षा गरेको बताउँदै गम्भीर समीक्षा गर्न आग्रह गरेका छन्।

सांसद भट्टराईले राजनीतिक स्थायित्व दिन सहमति गरेको स्पष्ट गर्दै ठुला शक्तिहरूमा मेलमिलाप हुँदा देशलाई ठुलो उपलब्धि हुने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ